अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युएईको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट सम्मानीत

बिआरटीनेपाल २०७६ भदौ ७ गते ९:३४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युएईको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’बाट सम्मानित हुनुभएको छ । यो सम्मान पाउने उहाँ भारतका पहिलो प्रधानमन्त्री बन्नुभएको छ । मोदीले शनिबार सम्मान ग्रहण गर्नुभन्दा पहिले युएईमा उच्चस्तरिय भेटवार्तासमेत गर्नुभएको थियो । भेटको क्रममा भारतीय प्रधानन्त्री मोदीले आतंकवादविरुद्धको लडाईमा भारत सधैँ युएईको साथ रहेको बताउनुभयो ।

युएई सरकारले प्रदान गर्ने उक्त सम्मान विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई प्रदान गरिन्छ। उक्त सम्मान सन् २००७ मा रुसका राष्ट्रपति भल्लादिमिर पुटिन, सन् २०१६ मा बेलायती महारानी एलिजावेथ र सन् २०१८ मा चिनियाँ राष्ट्रपति सि जिनपिङलाई प्रदान गरिएको थियो।

युएईको विदेश मन्त्रालयका अनुसार यो पुरस्कार युएईका संस्थापक शेख जायेद विन सुल्तान अल नहयानको नाममा स्थापना गरिएको हो। युएई सरकारले गत अप्रिलमा उक्त सम्मान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुरुप मोदीलाई शनिबार उक्त सम्मान प्रदान गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू