अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

पूर्वयूवराज पारस काजी कालु पाँडेको समाधिमा

बिआरटीनेपाल २०७६ भदौ ७ गते ९:२९ मा प्रकाशित

पूर्वयूवराज पारस शाहले नेपाल एकीकरणका योद्धा काजी कालु पाँडेको समाधिमा पुगी सम्मान अर्पण गनुृभएको छ । काठमाडौँ महानगरपालिका नागर्जुन, वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर पूर्व युवराज शाहले काजी कालु पाँडेलाई सम्झिनुभएको हो ।

दहचोकस्थित ऐतिहासिक स्थल अवलोकन गर्ने क्रममा पारस कालु पाँडेको समाधिस्थल पुग्नुभएको थियो । कीर्तिपुरको लडाईमा पाँडेले वीरगति प्राप्त गरेपछि गोरखा देखिने ठाउँमा शव गाडिदिनु भन्ने इच्छा व्यक्त गरे बमोजिम पाँडेको शीर दहचोकमा गाडिएको इतिहास छ ।

पूर्व यूवराज आउने खबर सुनेर स्थानीयहरु उहाँको स्वागतका लागि सहभागि भएका थिए । दहचोक प्रवेश गर्ने क्रममा पंचकन्याले पारसको स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू