अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

कीर्गिस्तान सेन्ट्रल जोन पुरुष भलिबलको च्याम्पियन बन्यो

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:४० मा प्रकाशित

कीर्गिस्तानले पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानले उपाधि जितेको हो ।

काठमाण्डौंको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा कीर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २–१९ को सेटमा हराएको हो । समूह ‘ए’बाट विजेताकारुपमा रहेको कीर्गिस्तानले सेमिफाइनलमा साविक विजेता तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

उज्वेकिस्तानले पनि समूह ‘बी’बाट विजेताकारुपमा सेमिफाइनलमा पुगेर माल्दिभ्सलाई हराउँदै फाइनलमा पुगेको थियो । यसअघि, शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । यस्तै, पाँचौं स्थानको ‘प्लेअफ’मा नेपालले अफगानिस्तानलाई हराएको थियो । एसियन भलिबल संघको संयोजनमा नेपाल भलिबल संघले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू