अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

लोकतन्त्रको रक्षा गर्न कम्युनिष्टलाई सिध्याउनैपर्छ – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:३९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिष्टलाई सिध्याउनुपर्ने बताएका छन् बताउनुभएको छ । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग संक्षिप्त कुुराकानी गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताउनुभएको हो ।

सभापति देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी समेत गर्नुभयो । उपभोक्ता समितिका नाममा सरकारले बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको सभापति देउवाको आरोप छ । यसअघि, शुक्रबार अर्को एक कार्यक्रममा पनि देउवाले जनताको मत पाएर कम्युनिस्टहरू सरकारमा पुग्नु ठूलो विषय नभएको तर्क गर्दै सर्वसत्तावादी कम्युनिस्ट शासन लाद्नुलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू