अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ – पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:३५ मा प्रकाशित

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने बताउनुभएको छ । जिल्ला समन्वय समिति पाँंचथरको तेस्रो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै उहाँले केही वर्षमै दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्ने गरी सरकारले काम गर्ने लक्ष्य लिएकाले मुलुकमा विकास र समृद्धिले फड्को मार्ने दाबी गर्नुभयो ।

मन्त्री भट्टराईले गत वर्ष संविधान कार्यान्वयको आधार वर्ष भएको र अबको वर्ष विकास र समृद्धिको वर्ष भएको धारणा राख्नुभएको छ । राजनीतिक दलको प्रतिस्पर्धा विकास र समृद्धिमा हुनुपर्ने भन्दै मन्त्री भट्टराईले सडकमा नारा लगाउने, चक्काजाम गर्ने लगायतका काम समाप्त हुनुपर्ने बताउनुभयो । मुलुकमा सम्भावना भएका पर्यटकीय क्षेत्रहरुको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने उहाँले प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू