अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

हङकङमा गलत सूचना दिने २१० वटा युट्युव च्यानल गुगलद्वारा बन्द

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:३४ मा प्रकाशित

गुगलले हङकङमा जारी आन्दोलनसँग सम्बन्धित विषयलाई लिएर गलत सूचनासहितको सामग्री दिएको भन्दै युट्युवका २१० वटा च्यानलहरु बन्द गरिएको जनाएको छ । हङकङ आन्दोलनसँग सम्बन्धित गलत विषयवस्तु राखिएको भन्दै यसअघि ट्विटर र फेसबुकले पनि सामग्री हटाएको जनाएका थिए ।

उनीहरुले चीन सरकारको तर्फबाट आन्दोलनको विरुद्धमा दिएका विज्ञापन रोकिएको समेत उल्लेख गरेका थिए । सिन्ह्वालगायत सरकारी सञ्चार माध्यमले आन्दोलनको विरुद्धमा विज्ञापन राखेको उनीहरुको आरोप थियो । अहिले गुगलले समेत यस्तै कदम चालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू