अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

कलाकारले गरे रवि लामिछानेको रिहाईको माग , निष्पक्ष छानबिन हुनुपर्नेमा जोड

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:३२ मा प्रकाशित

चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गर्दै स्वतन्त्र छानविन हुनुपर्नेमा जोड दिएका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् ।

कलाकार दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको कानूनमै दोष रहेको उल्लेख गर्दै उहाँले आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य नहुने भएकोले कानून सुधार गर्नपर्नेमा जोड दिनुभयो । तर, भीडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको गिरीको भनाई थियो । यद्धपी गिरीले हिजो राजाको शासनको पालामा भीडले परिवर्तन ल्याएको कुरा बिर्सन नहुने स्मरण गर्नुभयो ।

कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने बताउनुभयो । पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको उहाँको ठहर थियो ।

अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गर्नुभयो । कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वस ब्यक्त गर्नुभयो । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू