अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

रुसले परमाणु उर्जासहितको जहाज समुद्रमा पठायो

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:२२ मा प्रकाशित

रुसले परमाणु उर्जासहितको जहाज समुद्रमा पठाएको छ । आर्टिक बन्दरगाहबाट उक्त जहाज सुदुर पूर्वमा रहेको चुकाटतर्फ पठाइएको बिबिसीले जनाएको छ । परमाणु एजेन्सी रोजनेरगोतमका अनुसार उक्त उर्जा केन्द्रले दुर्गम इलाकामा विद्यूत आपूर्ति गर्ने बताइएको छ ।

चुकाट इलाकामा रहेको सुनखानीमा विद्युत उपलब्ध गराउन उक्त उर्जा केन्द्र सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । जहाजमा ७० जना चालक दलका सदस्य रहेको बताइएको छ । उक्त उर्जा केन्द्रले ४० वर्षसम्म काम गर्न सक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू