अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

भारतका पूर्वअर्थमन्त्री जेट्लीको निधन

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:१९ मा प्रकाशित

भारतका पुर्व वित्तमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ । ६७ वर्षीय जेट्लीको उपचारकाक्रममा नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा शनिबार दिउँसो निधन भएको हो ।

जेट्लीलाई श्वास फेर्न गाह्रो हुनुका साथै मुटुको चालमा समस्या देखिएपछि दुई साताअघि अस्पताल भर्ना गरिएको थियो । जेट्लीको सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा जेट्लीले अर्थमन्त्रीकारुपमा ‘नोटबन्दी’ र ‘जीएसटी’जस्ता महत्वपूर्ण निर्णयमा उहाँलाई साथ दिनुभएको थियो । वकालतबाट राजनीतिमा आएका जेट्लीले सन् १९९१ मा भाजपाबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

उहाँ सन् १९९९ मा अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पहिलोपटक सूचना तथा प्रसारण राज्यमन्त्री बन्नुभएको थियो । जेट्ली स्वास्थ्यकै कारण मोदीको दोस्रो कार्यकालमा भने मन्त्री बन्नुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू