अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

बीआरआई’विरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार– नेकपा नेता खनाल

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:१८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिकरुपमा तयार रहेको बताउनुभएको छ ।

चीनमा आयोजना गरिएको ‘गुआङडोङ २१ औं शताब्दी म्यारीटाइम सिल्करोड अन्तर्राष्ट्रिय एक्स्पो’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियामा बीआरआईकाविरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो । उहाँले त्यस्ता अफवाहविरुद्ध एक भएर लड्न नेपाल तयार रहेको समेत बताउनुभयो ।

अहिले नेता खनाल चिनियाँ सरकारको निमन्त्रणमा चारदिने चीन भ्रमणमा हुनुहुन्छ । नेता खनालले सन् २०१७ मा बीआरआईमा नेपाल र चीनबीच भएको समझदारीपछि नेपाल औपचारिकरुपमा बीआरआईमा सहभागी हुने मुलुक बनेको उल्लेख गर्नुभयो ।समझदारीपूर्व विभिन्न चरणमा द्विपक्षीयरुपमा विभिन्न समझदारी भएको स्मरण गर्दै खनालले ती समझदारीपत्र बीआरआईको आधारपत्र तयार गर्न सहायक भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू