अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

पाथीभरा गोल्डकपको उपाधि सुनसरीलाई

बिआरटीनेपाल २०७६ भदौ ६ गते १०:०७ मा प्रकाशित

डिफेन्डिङ च्याम्पियन रेडस्टार झापालाई पराजित गर्दै चौथो संस्करणको पाथीभरा गोल्डकपको च्याम्पियन सुनसरीको एलाभेन एरोज फुटबल क्लब भएको छ । शुक्रबार सम्पन्न फाइनलमा झापाको रेडस्टार क्लबलाई टाई बेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सुनसरी च्याम्पियन बनेको हो। सुनसरीका लागि टाई बेकरमा रुपेश केसी, जीवन धामी, प्रिसो एप्स र उमेश कार्कीले गोल गरे।

झापाका लागि भने पुजन उभरकोटी र निशान लिम्बूले गोल गरेका थिए। झापाका योगेश गुरुङ र विकास थुलुङले भने गोल गर्न सकेनन्। निर्धारित समयमा २–२ को बराबरी भए पछि टाई ब्रेकरबाट निर्णय लिइएको थियो। दोस्रो हाफको १५ औँ मिनेटमा योगेश गुरुङले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए । तर खेलको २९ औँ मिनेटमा सुनसरीले बराबरी गोल फर्कायो। डि एरियाबाट यानिक ओनाले प्रहार गरेको गोलले जाली चुम्यो। तर खेलको ४२ औँ मिनेटमा रेडस्टारका लागि मिलन राईले गोल गरे। तर, ४९ औँ मिनेटमा सुनसरीका सुसन तामाङले सुन्दर गोल गरे ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सुनसरीका प्रवेश दनुवार घोषित भए। त्यस्तै बेष्ट डिफेन्स सुनसरीकै विष्णु सुनुवार, वेष्ट मिड फिल्ड झापाका योगेश गुरुङ, वेष्ट फर्वाड झापाका मिलन राई, वेष्ट कोच सुनसरीका विश्वबन्धु पोखरेल बन्न सफल रहे । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडीको उपाधि ताप्लेजुङ ११ का मनिराज लिम्बू र उच्च गोलकर्ता सुनसरीका यानिक ओना बनेका छन् । प्रतियोगिता भर उनले ४ गोल गरेका थिए । जीत सँगै सुनसरीले नगद ३ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको साविक विजेता झापा भने नगद १ लाख ५१ हजार १११ रुपैँयामा चित्त बुझाउन बाध्य भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू