अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 06:54

मेलिना राईको म्युजिक भिडियो ‘पंखा एसी’ सार्वजनिक

बिआरटीनेपाल २०७६ भदौ ६ गते १०:०६ मा प्रकाशित

नेपाली चलचित्र एवम् सुगम गीतकी चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत ‘पंखा एसी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। डिपी खनालको शब्द, शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतमा नेपाली चलचित्र ‘लम्फु’ बाट चर्चामा आएका नायक कबिर खड्का मोडेल एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ।

अजय रेग्मीको छायाङ्कन् रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन विश्वकर्माले कलरिङ गरेका छन् । शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको ‘पंखा एसी’ को भिडियो डश म्युजिक नेपालको अफिसियल यूट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो।

प्रतिक्रिया