अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

प्रहरी महानिरीक्षक खनालद्धारा चितवन पुगेर पत्रकार रवि लामिछाने र युवराज कडेलसंग भेट

बिआरटीनेपाल २०७६ भदौ ६ गते १०:०० मा प्रकाशित

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलसंग घेट गर्नुभएको छ । स्थलमार्गबाट जिल्ला भ्रमणमा निसकनुभएका खनालले शुक्रबार दिउँसो चितवन प्रहरीको हिरासतमा रहेका रवि र युवराजलाई भट्नुभएको हो । प्रहरी अधिकारीका अनुसार चितवन हुँदै पश्चिमी क्षेत्रका प्रहरी कार्यालयको भ्रमणमा जानुभएका उहाँले हिरासतमा रहेका दुवैलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको बुझिएको छ ।

उनीहरुलाई भेट गरेर खनालले कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकृतले बताएका छनज् । यद्यपि चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने यसबारेमा बोल्न इन्कार गर्नुभयो । चितवन प्रहरीको निरीक्षण भ्रमणका क्रममा खनालले हिरासत कक्षको निरीक्षण गर्नुभएको थियो । त्यही क्रममा उहाँले रवि र युवराजलाई भेट्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू