अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

एभीसी सेन्ट्रल जोन भलिबल –अफगानिस्तानलाई हराउँदै नेपाल पाँचौं

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:५९ मा प्रकाशित

एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले पाँचौं स्थान हासिल गरेको छ । शुक्रबार पाँचौं स्थानका लागि भएको भिडन्तमा नेपालले अफगानिस्तानलाई ३–१ को सेटमा हरायो । ललितपुरस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपाल २५–२३, २३–२५, २५–१८ र २६–२४ ले विजयी भयो ।

समूह चरणबाट बाहिरिएका दुई टोली नेपाल र अफगानिस्तानले पाँचौं स्थानका लागि खेलेका हुन् । नेपाल समूह चरणमा कीर्गिस्तान र माल्दिभ्ससित पराजय व्यहोर्दै पुछारमा रहेको थियो भने अर्को समूहको अफगानिस्तान समूहमा तेस्रो भएको थियो ।

प्रतियोगिताका अघिका दुई मैत्रीपूर्ण खेलमा पनि नेपालले अफगानिस्तानलाई हराएको थियो । सात टोली सहभागी प्रतियोगिताको उपाधिका लागि शनिबार उज्वेकिस्तान र कीर्गिस्तान खेल्नेछन् । सेमिफाइनलमा कीर्गिस्तानले तुर्कमेनिस्तानलाई तथा उज्वेकिस्तानले माल्दिभ्सलाई समान ३–० सोझो सेटमा हराएका थिए ।

च्याम्पियनसिपको छैटौं संस्करण बंगलादेशमा हुने भएको छ । शुक्रबार बसेको एसियन सेन्ट्रल जोनको साधारणसभाले छैटौं संस्करणको च्याम्पियनसिप सन् २०२० मा बंगलादेशमा गराउने निर्णय गरेको हो । महिलातर्फको सेन्टल जोन यो वर्ष बंगलादेशमा र अर्को वर्ष माल्दिभ्समा आयोजना गर्ने निर्णयसमेत भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया