अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

युरोपा लिग छनौट फुटबल– इंग्लिश क्लब वुल्भह्याम्पटन वान्डरर्स विजयी

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:५२ मा प्रकाशित

युरोपा लिग फुटबलको छनौट खेलमा इंग्लिस क्लब वुल्भह्याम्पटन वान्डरर्स विजयी भएको छ । गएराति भएको प्ले–अफ पहिलो लेगको खेलमा वुल्भरह्याम्पटनले इटालीको टोरीनोलाई ३–२ ले हराएको हो । बलियो प्रतिद्वन्द्वी टोरीनोमाथि हात पारेको ‘अवे’ जितपछि वुल्भरह्याम्प्टन पहिलो पटक युरोपा लिगमा छनौट हुने सम्भावना बढेको छ । दोस्रो लेगको खेल अर्को हप्ता वुल्भरह्याम्पटनको मैदानमा हुनेछ ।

युरोपा लिग फुटबल छनौटकै अर्को खेलमा स्कटल्याण्डको सेल्टिकले स्विडेनको एआईकेलाई २–० ले हराउँदा काजखस्तानको अस्टानाले रोमानियाको बाते बोरिसोभलाई ३–० ले पराजित गर्यो । यसैगरी ग्रिसको एईके एथेन्स, डेनमार्कको एफसी कोपनहेगन र स्विडेनको माल्माने पनि पहिलो लेगका खेलहरुमा विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू