अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

आईसीसी एकदिवसीय वरीयतामा नेपाल एक स्थान झर्यो

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:५० मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औं स्थानमा पुगेको छ । यसअघि, नेपाल १५औं स्थानमा थियो ।

वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा अष्ट्रेलिया, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा पाकिस्तान र सातौं स्थानमा बंगलादेश छ । त्यस्तै, आइसीसी टी–२० वरीयतामा भने नेपाल ११औं स्थानमा यथावत् रहेको छ । टी–२० वरीयतामा नेपालभन्दा तल दुई टेस्ट राष्ट्र जिम्बाब्वे र आयरल्यान्ड छन् ।

टी–२० वरीयतामा पाकिस्तान पहिलो स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै, भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड र अफगानिस्तान क्रमशः चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू