अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

पत्रकार ओम हमाल पक्राउ, रिहा गर्न पत्रकार महासंघ कास्कीको माग

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:४४ मा प्रकाशित

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका संचालक र सम्पादक ओम हमाललाइ पक्राउ गरेको प्रहरीले जनाएको छ । कास्की प्रहरीले शिशुवाबाट हमाललाइ आज पक्राउ गरेको जनाएको छ ।

पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रष्टाचार , अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाल जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी– धौलागिरीका संयोजक हुनुहुन्छ ।

यसैवीच, नेपाल पत्रकार महासंघ कास्कीले विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै निःसर्त र यथाशिघ्र रिहाइको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू