अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:३८ मा प्रकाशित

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभयो । कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसतर्फ गम्भीर हुनुपर्नेतर्फ सवैलाई सचेत गराउनुभयो ।

पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताउनुभयो । दुई पार्टी मिलेर बनेको ठुलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै प्रचण्डले असन्तुष्टि समेत जनाउनुभएको छ । विगतमा जनताका समस्या बोध गर्ने, अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासन हिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृत्ति बढेको उहाको टिप्पणी थियो ।

अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिबद्धताहरु विर्सदै जाने प्रवृत्ति विश्वभरका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलुकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत हुन नदिनतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैँले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सँधै सचेत र सजग हुनुपर्ने प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू