अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

वर्तमान सरकारका कारण राष्ट्र अप्ठ्यारोमाः सभापति देउवा

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:३६ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टको शासनले राष्ट्र अप्ठ्यारो स्थितिमा पुगेको बताउनुभएको छ । महाधिवेशन प्रतिनिधीहरुका लागि सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वर्तमान सरकारले गरेका गतिविधिका कारण देश नै अप्ठ्यारो अवस्थामा पुगेको बताउनुभयो ।

स्थायी प्रजातन्त्र काँग्रेसको कल्पना भए पनि यसलाई कम्युनिष्टको नेतृत्वमा रहेको सरकारले दबाएको देउवाले आरोप लगाउनुभयो । सरकारले ल्याएको प्रेस काउन्सिल विधेयकले जनताको समेत मुख थुन्ने प्रयास गरेको टिप्पणी गर्दै उहाँले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यतालाई वर्तमान सरकारले विधेयकमार्फत दवाउन खोजेको आरोप लगाउनुभयो ।

समाचार लेखेकै भरमा पत्रकारले लाखौं जरिवाना तिनुपर्ने, जेल जानुपर्ने अवस्था अहिलेको कम्युनिष्ट सरकारले सिर्जना गरिदिएको उल्लेख गर्दै देउवाले राज्यबाट नियन्त्रित गतिविधीले जनतालाई अप्ठ्यारोमा पारेको ठहर गर्नुभयो । देशमा निर्वाध स्वतन्त्रताका लागि वर्तमान सरकार हट्नुपर्ने उहाँको भनाई थियो ।

पार्टीको आन्तरिक विभाजनको विषयमा देउवाले आफूले चाहँदा चाहँदै पनि पार्टी एक ढिक्का हुन नसकेको उहाको स्विकारोक्ति थियो । पार्टीभित्र एकता असम्भव नभएको बताउँदै देउवाले माओवादी र एमाले मिलेर अहिले नेकपा बन्न सम्भव भएको उल्लेख गर्दै पार्टीभित्रको आान्तरिक एकता पनि सम्भव रहेको दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू