अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

इटहरीमा फिल्म ‘मारुनी’को ग्रान्ड कन्सर्ट, साम्राज्ञि र पुष्पको स्टेजमै देखियो रोमान्स (भिडियो सहित)

बिआरटीनेपाल २०७६ भदौ ५ गते ९:४१ मा प्रकाशित

इटहरी/ यही भदौको १३ गतेबाट प्रदर्शनमा आउने प्रतीक्षित फिल्म ‘मारुनी’को पब्लिसिटी कन्सर्ट इटहरीबाट सुरु भएको छ । हिजो ४ गते इटहरीमा ५ बजेदेखि सुरु भएको कन्सर्ट राती झन्डै ८ बजेसम्म निरन्तर चलेको थियो । स्थानीय कलाकार, डान्सर, डाइनामिक ब्याण्ड, मारुनी फेसन सो सँगै फिल्मकी नायिका शाम्राज्ञि राज्य लक्ष्मी शाह र नायक पुष्प खड्काले मारुनीको गीतमा कम्मर मर्काएका थिए ।

झन्डै १५ सयको हाराहारीमा इटहरीवासी माझ साम्राज्ञि र पुष्पले फिल्मको सार्वजनिक २ लोकप्रिय गीत ‘सक्दिन’ र जाम न माया जाम’ मा उपस्थित दर्शक सँगै नाचेका थिए । कन्सर्टको अर्को मुख्य आकर्षण मारुनी फेसन सो रहेको थियो । केही दिन अघि मारुनी टि-सर्ट लगाएर फोटो सुट गरेका युवायुवती तथा मोडलहरूले कार्यक्रमको अन्त्यतिर र्याम्प सो गरेका थिए । उक्त र्याम्प सो सँगै साम्राज्ञि र पुष्प स्टेज चढ्दा दर्शकको भिड थाम्न हम्मे हम्मे परेको थियो । 

सेल्फी खिच्न क्रेजी उपस्थित दर्शकहरूसँग साम्राज्ञि र पुष्पले उत्साहित हुँदै नाच्न छोडेर सेल्फी खिच्न थालेको दृश्य हेर्न लायक थियो । नायक नायिका सँगै निर्माता पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्ले पनि उपस्थित थिए । निर्माता पुनमले आफू यसरी फिल्मका लागि पहिलो पटक हिँडेको र उक्त जमात देख्दा एकदमै उत्साहित भएको भन्दै स्टेजबाट भदौ १३ गते सबैलाई मारुनी हेर्न नजिकको हलमा जान आग्रह गरिन । यस्तै इटहरीकै तरहराका स्थायी बासी रहेका निर्देशक नवलले पनि कन्सर्टमा उपस्थित दर्शकलाई सम्बोधन गर्दै सबैलाई मारुनी हेर्न आग्रह गरे ।

VIDEO

प्रतिक्रिया