अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

जनउद्धार केन्द्र मलेसियाको अध्यक्षमा पुनः थापा चयन

बिआरटीनेपाल २०७६ भदौ ५ गते ८:३६ मा प्रकाशित

मलेसियामा पहिलो पटक दर्ता भएको जनउद्धार केन्द्रको नयाँ कार्यसमिति चयन गरिएको छ । केन्द्रको दोस्रो वार्षिक साधारणले अध्यक्षमा केशु थापालाई पुनः चयन गरेको हो ।

श्रमजिवी पीडित वर्गको उत्थानमा अहोरात्र खटिएको जनउद्धार केन्द्रले १८ अगस्ट २०१९ वार्षिक अधिवेशन गरी २८ केन्द्रीय सदस्य कार्यसमित चयन गरेको छ ।

जसको अध्यक्षमा केशु थापा, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर श्रेष्ठ, उपाध्यक्षमा हरि न्यौपाने, रुपबहादुर टन्डन र कमल खड्का चयन हुनुभएको छ ।

सचिवमा शंकर देव आचार्य सह–सचिवमा बालकृष्ण आचार्य र कोषाध्यक्षमा देबेन्द्र गिरी चयन हुनुभएको हाे । मुख्यतया जेल जीवन बिताइसकेका नेपालीहरूको उद्धार तथा उपचार गर्ने उद्देश्यले यो संस्था मलेसियामा स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू