अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउँदै

बिआरटीनेपाल २०७६ भदौ ५ गते ८:२५ मा प्रकाशित

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन्। उनी नेपाल आउँने खबरसँगै नेपाली युवाहरु खुबै हौसिएका छन् । उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन् ।

सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल । म सनी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु।’ एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मको ‘आजको साम ।’ गीतमा यी अभिनेत्रीले निकै कामुक नृत्य प्रस्तुत गरेको जनाईएको छ । यो गीतको भिडियो बनाउन ३ करोड खर्च भएको दावी निर्माण पक्षको छ।

फिल्मको प्रिमियर २५ भदौमा हुँदैछ । २७ भदौबाट मुलुकका सिनेमा हलमा फिल्म पासवर्ड लाग्दैछ । उनी नेपालमा रहँदा फिल्मको प्रिमियर शो र केही प्रमोशनल कार्यक्रममा सहभागि हुने बताइएको छ।

प्रतिक्रिया