अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

भारतसँग वार्ताको कुनै अर्थ छैन, सैन्य टकरावको खतरा – पाकिस्तानी प्रधानमन्त्री खान

बिआरटीनेपाल २०७६ भदौ ५ गते ८:१६ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरको विषयमा भारतसँग अब वार्ताको कुनै अर्थ नभएको बताउनुभएको छ । अमेरिकाको ‘न्यूयोर्क टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उहाँले कश्मिरको विषयमा दुवै परमाणु शक्तिसम्पन्न राष्ट्रहरुबीच सैन्य टकरावको खतरा रहेको पनि उल्लेख गर्नुभयो ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ताका लागि धेरै कोसिस गरेपनि मोदीले अस्वीकार गरेको बताउनुभएको छ । भारत प्रशासित कश्मिरको स्वायत्तता अन्त्य गरेको विषयलाई लिएर भारतको हिन्दु राष्ट्रवादी सरकार पाकिस्तानी प्रधानमन्त्रीको निशानामा छ ।

प्रधानमन्त्री खानले मोदी सरकारलाई ‘नाजी’ सरकारसँग तुलना गर्दै उसले कश्मिरमा नरसंहार मच्चाउनसक्ने समेत आशंका गर्नुभएको छ । पाकिस्तानले यस विषयलाई संयुक्त राष्ट्रसंघमासमेत उठाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको अवस्था ‘विस्फोटक’ रहेको टिप्पणी गर्नुभएको छ । भारतले भने यो विषय आफ्नो आन्तरिक मामिला भएको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू