अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

गढीमाई मेलामा ६० लाख बढी श्रद्धालु सहभागी हुने

बिआरटीनेपाल २०७६ भदौ ५ गते ८:१२ मा प्रकाशित

महागढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा आउने ६० लाख भन्दा बढी श्रद्धालुहरुलाई व्यवस्थापन गर्न महागढीमाई नगरपालिकाले बुधबार एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मुल कमिटी विस्तार गरेको छ।

पाँच वर्षमा लाग्ने गढीमाईको मेलामा विश्वमै सबैभन्दा बढी पशु बलि दिईने गरिएको छ। आउने मंसिर १ देखि एक महिना लाग्ने मेलामा नेपाल, भारतलगायत तेश्रो मुलुकबाट ६० लाख श्रद्धालु गढीमाई मेलाको दर्शन गर्न आउने र त्यसको लागि ३ महिना पहिलादेखि पहिलो चरणको कामहरु शुरु गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ।

अहिलेदेखि मेलालाई व्यवस्थित गर्न काम सुरु नगर्दा खानेपानी, शौचालय, स्वास्थ्य शिविर, मनोरन्जनका साधनलगायत सेवा सुविधाहरु दिनमा समस्या देखेर नै नगरपालिकाले कमिटी विस्तार गरेको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो । पाँच वर्ष पहिला २०७१ सालमा लागेको मेलामा ५० लाख भन्दा बढी श्रद्धालुले मेला हेर्न आएको र ८० हजार जति पशु बलि दिइएको गढीमाई मन्दिरका पुजारीले बताएका छन्।

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले विभिन्न राजनीतिक दलका प्र्र्तिनिधि, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख र जिल्लाका सरकारी कार्यालयहरुका प्रमुखहरुलाई समेटेर आवश्यक अनुसार कमिटी निर्माण गरिएको बताउनुभयो ।

कलैया उपमहानगरपालिकाको प्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यमा गढीमाई मन्दिरको प्राङ्गणमा आयोजना गरिएको सर्वपक्षीय र सर्वदलीय मेला व्यवस्थापन तथा मुल कमिटी कार्यक्रममा जिल्लाका १६ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू