अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान

बिआरटीनेपाल २०७६ भदौ ५ गते ७:५७ मा प्रकाशित

 

प्रधानमन्त्री केपी ओली सिंगापुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको हो । उहाँको भोलि स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले सिंगापुरस्थित ‘नेशनल युनिर्भसल हस्पिटल’मा स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्य सिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुभएको छ ।

प्रत्यारोपण गरिएको मिर्गाैलाको क्षमता अभिवृद्धीका लागि थप गरिएको एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन पुनः सिंगापुर जानुपरेको डा. शाहले बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली कम्तीमा २० दिन सिंगापुरमा रहनुहुने बताउनुभएको छ । ओली सिंगापुरमा रहेको बेला पार्टी नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाल्नु हुने नेता श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री सिंगापुरमा रहँदा पार्टीको नेतृत्व प्रचण्डले समाल्नुहुने तर २० दिन पार्टीको कुनै बैठक नहुने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू