अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

चलचित्र निर्देशक किशोर रानाको निधन

बिआरटीनेपाल २०७६ भदौ ४ गते २२:३३ मा प्रकाशित

चलचित्र निर्देशक किशोर रानाको निधन भएको छ। उहाँको ६४ वर्षको उमेरमा उपचारको क्रममा बुधवार दिउँसो सवा तीन बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

रानाको निर्देशनमा तयार भएको चलचित्र ‘सीमारेखा’ ऐतिहासिक चलचित्रका रूपमा लिइन्छ। यस्तै उहाँले नेपालको पहिलो सिनेमा स्कोप चलचित्र ‘राँको’ निर्माण गर्नुभएको थियो ।

चलचित्र कर्जामार्फत रानाले नायक धिरेन शाक्यलाई नेपाली चलचित्र उद्योगमा ल्याउनुभएको थियो । उहाँको निर्देशनमा घाम छाया, करोडपति सहितका चलचित्र बनेका छन्।

राना लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ प्रसिद्ध गायिका सङ्गीता राना प्रधानका श्रीमान् हुनुहुन्छ ।

प्रतिक्रिया