अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

रवि लामिछानेकी श्रीमती निकिताको किटानी जाहेरी काठमाडौँ प्रहरीद्वारा दर्ता गर्न अस्वीकार

बिआरटीनेपाल २०७६ भदौ ४ गते ११:०४ मा प्रकाशित

पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको किटानी जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । बुधवार निकिताले भिडियो किर्ते गरेको आरोपमा तीनजनाविरूद्ध जाहेरी लिएर महानगरीय प्रहरी परिसर टेकु पुग्नुभएको थियो । 

निकिताले ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल र ‘नेपाल आज’का सम्पादक सङ्केत कोइराला विरुद्ध जाहेरी दिन खोज्नुभएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अशोक सिंहले क्षेत्राधिकार नभएको भन्दै किटानी जाहेरी दर्ता गर्न नमानेको निकीताका कानुनी सल्लाहकार राजेन्द्र सेढाइँले बताउनुभयो ।

किटानी जाहेरी दर्ता नगर्ने महानगरीय प्रहरी परिसर विरुद्ध काठमाडौँ सरकारी वकिल कार्यालयमा जाहेरी दिने अधिवक्ता सेढाइँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू