अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जनताले थाहा पाउनुपर्छ– नागरिक अभियन्ता दीक्षित

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:३४ मा प्रकाशित

नागरिक अभियन्ता डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार रिपोर्टस क्लबलेको साक्षात्कारमा बोल्दै उहाँले सरकार प्रमुखको स्वास्थ्यबारे सर्वसाधरणलाई जानकारी नगराइएको भन्दै गुनासो गर्नुभयो । डा. दीक्षितले उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरि जाँदैहुनुहुन्छ भन्ने जानकारी जनताले पाउनुपर्ने तर्क गर्नुभयो ।

नागरिक अभियन्ता दीक्षितले उच्च प्रविधियुक्त वर्तमान अवस्थामा औषधिको मात्रा मिलाउन मात्रै प्रधानमन्त्री सिंगापुर जाने कुरा विश्वास गर्न नसकिने भन्दै यथार्थ जानकारी गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डाक्टर राजन भट्टराईले प्रधानमन्त्री दैनिक भेटघाट र बैठकहरुमा सहभागी हुँदै आएकाले स्वास्थ्य अवस्थाबारे चिन्ता लिइहाल्नुपर्ने स्थिति नरहेको बताउनुभयो । केही दिनअघि मात्रै स्वास्थ्य उपचार गराएर स्वदेश फर्किनुभएका प्रधानमन्त्री फेरि स्वास्थ्योपचारकै लागि सिंगापुर जान लागेपछि उहाँको स्वास्थ्य अवस्थाकाबारेमा सर्वत्र चासो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू