अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

नेपाल वायु सेवा निगमले अब काठमाडौँबाट सोझै जापान उडान भर्ने

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:३० मा प्रकाशित

नेपाल वायु सेवा निगमले अगस्ट २९ (भदौ १२ गते) बाट काठमाडौं– ओसाका (जापान) सीधा उडान भर्ने भएको छ ।निगमले एअरबस ३३०- २०० ठूलो जहाजबाट नेपाल– जापान उडान भर्न लागेको हो। निगमले सातामा तीन पटक उडान भर्ने गरी नयाँ रुट तय गरेको निगमका कार्यकारी निर्देशक मदन खरेलले मङ्गलबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

उडानको सबै प्रक्रिया पूरा भइसकेको उहाँको भनाइ छ । एअरबसको २७४ सिट क्षमता रहेको छ। जापानकै नारिता सहरमा पनि उडानका लागि निगमले प्रस्ताव गरेको खरेलको भनाइ छ ।

सो उडान स्वीकृतिको प्रकृया अन्तिम चरणमा पुगेको खरेलले जानकारी दिनुभयो । निगमका वाणिज्य निर्देशक टङ्कनिधि दाहालका अनुसार आगामी जनवरीबाट नारितामा उडान सुरु गर्ने निगमको तयारी रहेको छ ।

निगमले करिब १३ वर्षपछि नेपाल– जापान हवाई उडान भर्न लागेको हो। सन् १९९४ अक्टोबर बाट काठमाडौं – साङ्घाइ– ओसाका उडान भरे पनि निरन्तरता दिन सकेको थिएन । सन् २००७ अप्रिलमा उडान रोकिएको थियो ।

प्रतिक्रिया