अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

योजना आयोगका कर्मचारी कार्यालयभित्रै मृत फेला, ‘सुसाइड नोट’ भेटियो

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:२८ मा प्रकाशित

राष्ट्रिय योजना आयोगका एक कर्मचारी मंगलबार कार्यालयभित्रै मृत भेटिएका छन् । झन्डै ८ वर्षदेखि कार्यालयको प्रशासन महाशाखाअन्तर्गत् प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत् नायब सुब्बा बच्चुराम केसी अनुगमन तथा मूल्यांकन शाखाको सभाहलमा मंगलबार मृत भेटिएका हुन् ।

प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगेको छ । केसी कीर्तिपुर नगरपालिकास्थित टौदह निवासी हुन् । घटनास्थलमा बालीमा प्रयोग गर्ने एक प्रकारको विषादीको बट्टा फेलापरेकाले त्यही खाएर आत्महत्या गरेको अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेको पाइएको र उनको गोजीमा ‘सुसाइड नोट’समेत फेला परेकाले घटनाको अनुसन्धान भइरहेको छ । आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले बिहान कार्यालय समयमा कर्मचारीले उनलाई हलभित्र सुतिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू