अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

पार्टीमा मानापाथी जोखेजस्तो सन्तुलन हुँदैन – नेकपा स्कुल विभाग प्रमुख पोखरेल

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:२७ मा प्रकाशित

नेकपाका सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख ईश्वर पोख्रेलले माना पाथी जोखेजस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहनुभएका पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताउनुभएको हो । उहाँले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताउनुभयो ।

नमिलेका बिषयलाई प्रक्रियाबाट मिलाउँदै लैजानुपर्ने उल्लेख गर्दै उहाँले नमिलेका कुराहरु व्यवहारमा मिलाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई पोखरेलले निर्देशन दिनुभयो । छिट्टै काठमाडौं जिल्ला कमिटीले पूर्णता पाउने उहाँको भनाई थियो । नेकपाको काठमाडौं जिल्ला अन्तरगत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रिय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू