अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौती – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:२५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौतीको विषय रहेको बताउनुभएको छ । मंगलबार धनुषामा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेश नम्बर–२ मा मात्र नभइ भ्रष्टाचार देशैभरको समस्या भएको भन्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसित आफूले कुरा गरेको पनि उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सरकार सम्पूर्ण राजनीतिक दल र प्रदेशसित सहकार्य गर्न तयार रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

कार्यक्रममा प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भ्रष्टाचारका विषयमा प्रदेश–२ लाई बदनाम गरिएको भन्दै आक्रोश पोख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू