अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

पुर्व युवराज पारस शाहद्धारा क्षमायाचना

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:२० मा प्रकाशित

पूर्वयुवराज पारस शाहले गएको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाप्रति क्षमायाचना गर्नुभएको छ । उहाँले गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत् क्षमायाचना गर्नुभएको हो । आफूले गरेको काम जनता समक्ष भन्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएको र छोराहरुको अनुहारमा प्रहरीको डन्डा देखेपछि सहन नसकेको उल्लेख गर्नुभएको छ ।

त्यसका लागि सम्बद्ध पक्षसँग ‘क्षमायाचना गर्न चाहन्छु’ भन्दै पारसले आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भएपनि त्यसै गर्ने समेत जनाउनुभएको छ । उहाँले बाँकी कुरा नेपाली जनतालाई नै निर्णयका लागि आफूले छोड्ने समेतसामाजिक सञ्जालमा उल्लेख गर्नुभएकोे छ । आइतबार शाहले प्रहरीलाई विमानस्थलमा धकेलेको भिडियो सार्वजनिक भएको थियो । सो घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताइएकै बेलामा पारसले मध्यरातमा सामाजिक सञ्जाल मार्फत् क्षमायाचना गर्नुभएको हो ।

पारस निकट रहेका शिवसेना नेपाल काठमाडौंका अध्यक्ष अनिल बस्नेतले पनि पारश शाहले फेसबुकमार्फत विमानस्थलमा भएको घटना विवरण सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू