अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

सर्वदलीय बैठक– विधेयक र आयोगमा सहमतिको निर्णय

बिआरटीनेपाल २०७६ भदौ ३ गते ९:१८ मा प्रकाशित

सरकारले संसदमा पेश हुने विधेयक सम्बन्धमा प्रमुख प्रतिपक्षी लगायतका राजनीतिक दलसँग परामर्श गर्ने भएको छ । मंगलबार आयोजित सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीले मुलुकको समृद्धिको लागि दलबीच साझा अवधारण बनाउन र राजनीतिक गतिरोध अन्त्यका लागि सहमति खोज्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

बैठकमा विभिन्न विधेयक र सत्य निरुपण आयोगको नियुक्ति सहमतिमै गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री, सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टीका महन्थ ठाकुर राजकिशोर यादव लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू