अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको कमजोर सुरुआत, कीर्गिस्तान सोझो सेटमा विजयी

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:४७ मा प्रकाशित

एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपालले कमजोर सुरुआत गरेको छ ।नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी कीर्गिस्तानसित कमजोर प्रदर्शन गरेको हो । नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल २५–२३, २५–२२ र २५–२२ ले पराजित भयो ।एसियाली भलिबल महासंघको कार्यक्रमअनुसार नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिता ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा भइरहेको छ ।

सोमबारै बिहान भएको प्रतियोगिताको पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।समूह ‘ए’मा नेपालसँगै कीर्गिस्तान र माल्दिभ्स रहेका छन् । समूहको दोस्रो खेलमा नेपालले बुधबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ‘बी’मा तुर्कमेनिस्तान, उज्वेकिस्तान, बंगलादेश र अफगानिस्तान छन् ।दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल आउँदो बिहीबार हुनेछन् । उपाधि भिडन्त यही भदौ ७ गते शनिबार हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू