अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टद्धारा अस्वीकार

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:४४ मा प्रकाशित

गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो ।

ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध इश्लामिक आतंकवादी समूहसँग रहेकाले पक्राउ गर्नुपर्ने तर्क अघि सारेको छ ।तर जिब्राल्टले भने आइतबार वक्तव्य जारी गरेर अमेरिकाले आरोप लगाएको संगठन रेभोलुस्नरी गार्डलाई युरोपियन युनियनले आतंकवादी संगठन नमानेको दावी गरेको छ । पानी जहाजमा भारत, रुस, लाट्भिया र फिलिपिन्सका गरी २९ जना चालक दलका सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू