अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

टर्किस सरकारद्वारा तीन मेयर बर्खास्त, ४०० भन्दा बढी पक्राउ

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:४२ मा प्रकाशित

टर्की सरकारले तीनजना मेयरलाई बर्खास्त गरेको छ । कुर्दिश लडाकु समूहसँग साँठगाँठ गरेको भन्दै उनीहरुलाई बर्खास्त गरेको जनाइएको छ । त्यसैगरी सरकारले चार सयभन्दा बढी जनतालाई नियन्त्रणमा लिएको छ । पूर्वी टर्कीका डियारबकिर, मार्डिन र भान प्रान्तका तीनजना मेयरलाई बर्खास्त गरिएको हो । पिपुल्स डेमोक्रेटिक पार्टी (एचडीपी) बाट मार्चमा निर्वा्चित भएका तीनैजनालाई सोमबार बर्खास्त गरिएको हो ।

टर्कीका आन्तरिक मामिला मन्त्रीले उनीहरुले सरकारविरुद्ध प्रोपोगान्डा फैलाएको र आतंकवादी संस्थाको सदस्यता लिएकोले बर्खास्त गरिएको बताएका छन् । ती मेयरहरुले कुर्दिश्टान वर्कर्स पार्टीका एजेन्डा अनुसार काम गरेको, उनीहरुले नगरपालिकाको श्रोत साधन र आर्थिक सहयोग गरेको आरोप टर्किस सरकारको छ । राष्ट्रपति रेसेफ ताइप एर्डोगानले एचडीपीले पीकेकेलाई नियन्त्रण गरेको दाबी दोर्होयाउँदै टर्की सरकारविरुद्ध ३५ वर्षदेखि रक्तपातपूर्ण आन्दोलन गरेको बताउनुभएको छ । टर्की, अमेरिका र युरोपियन युनियनले पीकेकेलाई ’आतंकवादी’ समूहको संज्ञा दिएको छ ।

राष्ट्रपति एर्डोगानले देशभर मार्चमा निर्वाचित कुनै पनि जनप्रतिनिधिको पीकेकेसँग सम्बन्ध भएको र साँठगाँठ भएको थाहा पाए तत्काल बर्खास्त गर्ने चेतावनी दिनुभएको छ । बर्खास्त गरिएका डियारबकिरका मेयर सेलकुल मिज्राकलीले नगरपालिका कार्यालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै टर्किस सरकारको यो कदम जनताको भावना विपरीत भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू