अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

सीसीटीभी फुटेजमा शालिकरामले पाँच मिटर डोरी किनेको भेटियो

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:३९ मा प्रकाशित

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि नारायणगढ बजारको एक पसलमा डोरी किनेको सीसीटीभी फुटेज प्रहरीलाई प्राप्त भएको छ। चितवनका एसपी दानबहादुर मल्लले पुडासैनीले आत्महत्या गर्नुअघि आफू बसेको होटल नजिकैको एक होलसेल पसलबाट पाँच मिटर लामो डोरी किनेको उक्त सीसीटीभी फुटेजमा देखिएको जानकारी दिनुभयो ।

“हामीले अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउने क्रममा उक्त सीसीटीभी फुटेज फेला पारेका छौँ, त्यसबारे अहिले अनुसन्धान भइरहेको छ”, मल्लले भन्नुभयो । प्रहरीले उक्त सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनको ‘आत्महत्या’ दुरुत्साहनको अभियोगमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू