अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

विमानस्थल दुब्र्यवहार प्रकरण– पूर्वयुवराज पारसमाथि प्रहरीले छानबिन थाल्यो

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:३५ मा प्रकाशित

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि गरेको दुव्र्यवहारबारे प्रहरीले छानबिन थालेको छ । पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गर्नुभएको थियो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको जानकारी दिनुभएको छ । डीआईजी क्षत्रीका अनुसार विमानस्थल प्रहरीलाई घटनाबारे घटनावारे जानकारी गराउन भनिएको र विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय गरिने बताईएको छ ।

आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएपछि मिडियामा समाचारहरु आएका थिए । भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्की–फर्की सई खत्रीमाथि झम्टिएको देखिएको छ । सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथिको दुव्र्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको छ ।

आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल जानुभएको थियो । पुर्व राजा ज्ञानेन्द्र शाह २ साताअघि मात्रै थाइल्याण्ड जानुभएको थियो भने हिमानी शाह पनि थाइल्याण्डमै रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू