अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

बिश्व फोटोग्राफी दिवस– पोखरामा प्रभातफेरी सहित सम्मान कार्यक्रम

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:२९ मा प्रकाशित

आज १८० औ बिश्व फोटोग्राफी दिवस । दिवसको अवसरमा पोखरामा प्रभातफेरी गरिएको छ भने साईकल यात्रीलाई सम्मान गरिएको छ । फोटोग्राफर संघ गण्डकी प्रदेशद्धारा आयोजित कार्यक्रममा देश ब्यापी साईकल भ्रमणमा निस्किनुभएका खोटाङका यूवा कर्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

पोखराको मानवअधिकार चोक बाट प्रभातफेरी सुरु भई चिप्लेढुंगा महेन्द्रपुल हुदै पुनः मानवअधिकार चोकमा पुगेर कोणसभामा गरी समापन भएको थियो । देशमा भ्रष्टाचार मौलाउदै गएपछि चिन्तित बनेका श्रेष्ठले देशलाई भ्रष्टाचार मुक्त बनाउनुका साथसाथै देशका बिभिन्न पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यले साईकलबाट नेपाल भ्रमणमा निस्केको बताउनुभयो ।

कार्यक्रममा बिश्व फोटोग्राफी दिवसका बारेमा फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुड., पोखरा उधोग बाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी लगायतले आआफ्नो धारणा राख्दै फोटोग्राफीको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू