अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

अरुण खोलाले डाइभर्सन बगायो, पूर्व– पश्चिम राजमार्ग अवरुद्ध

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:२८ मा प्रकाशित

बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ । नवलपुरमा रहेको पुल भाँचिएपछि वैकल्पिक रुपमा बनाइएको डाइभर्सनसमेत बाढीले बगाएपछि सडकखण्ड अवरुद्ध बनेको हो ।

गत बुधबार पूर्वी नवलपरासीको अरुणखोलाको पुलमा मालबहाक ट्रक ठोकिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याएको थियो । गएरातिकोे बाढीले डाइभर्सन बगाएपछि १५ घण्टासम्म सवारीसाधनहरु रोकिएका थिए ।
आज बिहान मर्मत गरेर सवारीसाधन सञ्चालनमा ल्याएपनि पुन आधा घण्टामै डाइभर्सन बगाएपछि सवारीसाधन ठप्प बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अहिले डोजर लगाएर मर्मतको काम भइरहेको छ । खोलामा पानी धेरै भएकाले डाइभर्सन बनाउन समस्या भएको बताइएको छ ।

पानी कम भएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि अहिले २० किलो मिटरसम्म सवारीसाधनहरु लामबद्ध भएर रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू