अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

रवि लामिछाने प्रकरणमा नेकपा चितवनको विज्ञप्ति– नेतृत्वको नामै किटेर गरिएको नाराबाजी स्वीकार्य छैन

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:२७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवि लामिछानेका समर्थकहरूले चितवनमा गरेको प्रर्दशनप्रति आपत्ति जनाएको छ । नेकपाको चितवन जिल्ला कमिटीले सोमबार विज्ञप्ति निकालेर घटनासँग आफ्नो पार्टीको नेतृत्वको नामै किटेर प्रर्दशन गरिएको भन्दै आपत्ति जनाएको हो।

“सबै घटनालाई लिएर पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिनेगरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन,” जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, नेकपाले रवि लामिछानेको समर्थनमा भइरहेका प्रर्दशनमा सहभागी नहुन पनि आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । गत साउन २० गते पत्रकार शालिकराम पुडासैनीले आफूलाई पत्रकार रवि लामिछानेलगायतले मर्न बाध्य पारेको भिडिओ खिचेर चितवनमा आत्महत्या गरेका थिए ।

सोही भिडियोको आधारमा चितवन प्रहरीले रवि लामिछानेसहित तीन जनालाई पक्रेर अनुसन्धान गरिरहेको छ। जनतासँग सिधा कुरा कार्यक्रमका प्रस्तोता लामिछाने थुनिएपछि उनका समर्थकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को योजनामा लामिछानेलाई फसाइएको भन्दै नाराबाजी गर्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू