अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

नेपालले द्रुतगतिमा विकाश गर्ने– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ । एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरूको ५६ औं सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नति र विकासको युग सुरू भएको समेत दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रूपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले द्रुत विकासको सम्भावना रहेको बताउनुभएको छ । विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराउनुभयो । नेपाललाई विश्व मै सुन्दर देश भनिने गरको तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाल सुन्दर मात्र नभई प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्रोतको उपयोग गरेर नेपालको विकासलाई तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न वर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरि हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा थियो । सरकारले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा पहिचान गराउन चाहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू