अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

मिस नेपाल नर्थ अमेरिका २०१९ बनिन न्यूयोर्ककी श्रेया गजुरेल

विजय थापा २०७६ भदौ १ गते १६:०९ मा प्रकाशित

न्यु योर्क । गत अगस्त १७ का दिन न्यूयोर्कमा सम्पन्न दोस्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ मा न्यूयोर्ककी श्रेया गजुरेल विजयी घोषित भएकी छिन ।

दोस्रो मिस नेपाल नर्थ अमेरिका- २०१९ को लागि अन्तिम १६ प्रतियोगीहरूबाट प्रथम विजेता भ्यानकुभर क्यानडाकी आस्था पाण्डे तथा द्वितीय विजेता म्यासाचुसेट्सकी कृति केसी भएका छन् ।

यसको साथै मिस ट्यालेन्टमा रेबिका श्रेष्ठ, मिस कम्युनिटी आउटरिचमा गरिमा पौडेल, मिस पपुलरमा राज श्री आचार्य, फोटोजेनिकमा आस्था थापा मगर ,मिस स्माइलमा सविना पौडेल, मिस वेस्ट ड्रेसमा ओशिन रायमाझी, मिस पर्सोनालिटीमा मनीषा रोका, मिस डिसीप्लेनमा रिस्ता साह, मिस क्याटवाकमा विष्णु मिश्रा, मिस पर्सोनालिटीमा आस्था पाण्डे, मिस राईजिगं स्टारमा एंजिला अधिकारी, मिस स्किनमा आस्था थापा मगर, मिस बेस्ट हेयरमा रिस्ता शाहले जितेका छन् । 

अगस्त १२ देखि अगस्त १६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त १७ का शनिवारका अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ ।

१६ जना प्रतियोगीहरू अमेरिकाको ११ वटा राज्य तथा क्यानडा समेत बाट सहभागिता जनाएका थिए । अन्तिम सूचीमा पुग्ने १६ जनाहरूमा मिनेसोटाकी आस्मा थापा मगर, भ्यानकुभर क्यानडा कि आस्था पाण्डे, मिनेसोटाकी एन्जिला अधिकारी, ओहायोकी विष्णु मिश्रा, भर्जिनियाकी गरिमा पौडेल, म्यासाचुसेट्सकी कृति केसी, न्यूयोर्ककी मनीषा रोका, क्यालिफोर्नियाकी ओशिन रायमाझी, ओकल्हामाकी राज श्री आचार्य, न्यु योर्ककी रेबिका श्रेष्ठ, क्यालिफोर्नियाकी रिस्ता शाह, ईडाहोकी सबिना पौडेल, मेरिल्याण्डकि शिक्षा घिमिरे, न्यूयोर्ककी सोनी खनाल, पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेल रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०१९ को अन्तिम प्रतियोगिता न्यु योर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त १७ शनिवारका दिन सफलतापूर्वक सम्पन्न भएको छ ।

पहिलो चरणमा १६ जना प्रतियोगीहरू सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१९ कि विजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

२०१० कि नेपाल सुन्दरी (मिस नेपाल २०१०) सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफर (प्रशिक्षक) को भूमिका निर्वाह गरेकी थिइन् भने उनले सबै प्रतियोगीहरू एक से एक उत्कृष्ट पाएको बताएकी थिइन ।

यसै गरी मिस नेपाल वर्ल्ड २०१८ कि शृङ्खला खतिवडा प्रमुख निर्णायक रहेकी थिइन । अन्य निर्णायकहरूमा नामगेल लामा, अधिवक्ता वासु फुलारा, कलाकार एड्रिएन प्रधान, अबुबोकोर हनिप तथा राजु श्रेष्ठ रहेका थिए । 

कार्यक्रम सुरु हुनु अगाडी श्रृखला खतिवडासँग भेटघाट तथा छोटो अन्तर्कृया कार्यकम राखिएको भएता पनि सन २०१० कि नेपाल सुन्दरी सदीक्षा श्रेष्ठले पनि जिज्ञासाको उत्तर दिएकी थिइन ।

यस वर्ष विशेष साङ्गीतिक कार्यक्रममा प्रसिद्ध कलाकारहरूमा क्रमशः एड्रीएन प्रधान, सिने गुरुङ, राभ सिटौला, राम श्रेष्ठ, आदित्य लामा, राहुल राई तथा जय गुरुङको विशेष प्रस्तुति रहेको थियो ।

मिस नेपाल नर्थ अमेरिका २०१९को लागि कूल ३३ जनाले निवेदन दिएका थिए ।

कार्यक्रमको उद्घोषक सुमित सिग्देलले गरेका थिए भने मिस नेपाल नर्थ अमेरिका २०१९ उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम प्रस्तुत गरेको हो । सुमितले नेपालमा सम्पन्न सन २०१० को नेपाल सुन्दरी प्रतियोगिताको उदघोषण समेत गरेका थिए ।

९ वर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् ।

कार्यकममा अन्तिम ५ प्रतियोगीहरूलाई श्रृखला खतिवडाले नेपालबाट पच्छिमी मुलुकले कुनै एक के त्यस्तो कुरा सिक्न सक्छ भनी प्रश्न सबैलाई गरेकी थिइन । ३ मिनेटको समयमा अन्तिम ५ ले दिएको उत्तर बाटै उत्तर अमेरिका नेपाल सुन्दरी २०१९ को घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू