अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

चट्याङ लागेर एकैपटक ६१ भेडा मरे, १० लाख बराबरको क्षति

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:३५ मा प्रकाशित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति भएको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका हुन् ।

करीब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिनुभएको छ । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेको जनाईएको छ ।

एक वटा भेडाको मूल्य१५ हजारदेखि २५ हजार रुपैयासम्म पर्दछ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घटनाबारे बुझ्न घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू