अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

सुनको मूल्यमा ५०० रुपैयाँले गिरावट

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:३३ मा प्रकाशित

लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ। शनिबार प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७० हजार ७०० रुपैयाँ कायम भएको छ।

शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ। शनिबार प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार प्रतितोला ८३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। पछिल्लो एक महिनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ। साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला छ हजारसम्मले बढेको थियो।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० रुपैयाँमा खरीद बिक्री भएको थियो। चीन–अमेरिका व्यापार टकराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू