अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

अन्तिम गोली रहेसम्म भारतसँग लड्ने पाकिस्तानको प्रतिक्रिया

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:३२ मा प्रकाशित

भारत प्रशासित कश्मीरको ‘विशेष दर्जा’ हटाइएदेखि नै पाकिस्तानले भारतविरुद्ध तिखो प्रतिक्रिया जनाउँदै आएको छ । पाकिस्तानको तर्फबाट आएको पछिल्लो प्रतिक्रियामा भनिएको छ, ऊ आखिरी गोली बाँकी रहेसम्म भारतसँग लड्नेछ। पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीले भन्नुभयो, ‘पाकिस्तानको व्यवसायीक सेना भारतसँग टक्कर लिन तम्तयार छ । हाम्रा सबै संस्थाहरु भारतसँग लड्न तयार छन्।’ कश्मीर मुद्दाबारे पाकिस्तान सरकारले गठन गरेको विशेष समितिको बैठकपछि शनिबार उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

इन्टर–सर्विस पब्लिक रिलेशनका निर्देशक जनरल मेजर आसिफ गफूरले ‘पाकिस्तान कश्मीरका लागि आखिरी सैनिक र आखिरी गोली रहेसम्म लड्ने’ बताउनुभयो । उनले भन्नुभयो– ‘भारतले स्वतन्त्र कश्मीरलाई बिर्सिदेओस्, मात्र आफ्नो कब्जामा रहेको कश्मीरको बारेमा कुरा गरोस्। पाकिस्तान भारतको कुनै पनि किसिमको दुस्साहसको जवाफ दिन तयार छ।’ विदेशमन्त्री कुरेशीले कश्मीरबारे छलफल गर्न बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक ऐतिहासिक रहेको बताउनुभएको छ । उहाँले कुनै पनि स्थायी सदस्यले बैठकको विरोध नगर्नु पाकिस्तानका लागि ठूलो उपलब्धि भएको पनि बताउनुभयो ।

यसैवीच, पाकिस्तानको केही पूर्वकूटनीतिज्ञहरुले उक्त बैठकलाई उपलब्धि भन्न नमिल्ने बताएका छन्। अमेरिकाका लागि पाकिस्तानी राजदूत रहिसकेका हुसेन हक्कानीले भन्नुभएको छ , “पाकिस्तानलाई केवल चीनले समर्थन गरेको छ, जुन उसले वर्षौंदेखि गर्दै आएको छ। चीनबाहेक अरु कोहि पनि औपचारिक बैठकका लागि तयार नभएको सन्दर्भमा पाकिस्तान कश्मीर मुद्दालाई अन्तराष्ट्रियकरण गर्न कसरी सफल भयो?”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू