अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

हङकङमा व्यापक विरोध प्रदर्शन

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:३१ मा प्रकाशित

हङकङमा आइतबार पनि व्यापक विरोध प्रदर्शन भएको छ । विगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरुले आइतबार स्थानीय भिक्टोरिया पार्कमा भेला भई शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको पर्वाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो ।

नागरिक समाज र मानव अधिकारवादी संस्था सीएचआरएफले आजको प्रदर्शन आयोजना गरेको हो । गत हप्ता हङकङ विमानस्थलमा हिंसात्मक प्रदर्शन भएपछि आज शान्तिपूर्ण प्रदर्शन गरिएको हो । उता, सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई भिक्टोरिया पार्कमा मात्र भेला हुने अनुमति दिएका छन् ।

गत सोमबार र मंगलबार प्रदर्शकारीले विमानस्थल नै कब्जा गरेपछि एसियाका व्यस्त विमानस्थल मध्येको हङकङ विमानस्थलमाबाट सयौं उडान प्रभावित भएका थिए । सुपुर्दगी विधेयक खारेजीको मागसहित उनीहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू