अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

एनआरएनए क्यानडाको अध्यक्षमा घिमिरे निर्वाचित

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:२८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा चिरिञ्जिवी घिमिरे चयन हुनु भएको छ । टोरन्टोमा शनिवार भएको १२ औं साधारण–सभाले घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अघिल्लो कार्यकालमा महासचिवका हैसियतमा काम गर्नुभएका घिमिरे पेशाले नर्स हुनुहुन्छ । उहाँ झन्डै एक दशकदेखी स्थायी रुपमा क्यानाडा बसोबास गर्दै आउनु भएको छ । यस्तै उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्वाचित हेमन्त थापा (उज्वल), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट नेतृत्व गर्दै अर्जुन कुमार बिके र मिसीसागाबाट बिजय पौडेलले उपाध्यक्षको जिम्मेवारी लिनु भएको छ । त्यस्तै महासचिवमा, ब्राम्टोनबाट निर्वा्चित पिताम्बर भट्टराई , सचिवमा फडिन्द्र श्रेष्ठ चयन हुनु भएको छ । कोषाध्यक्षमा टोरोन्टोका सरोज भट्टराई निर्वाचित हुनुभएको छ ।

त्यस्तै गरी एनसीसी सदस्यमा ब्राम्टोनबाट नेत्र खतिवडा (दिनेश), मिसिसागाबाट तुला भट्टचन सास्काचुनबाट देबेन्द्र सुबेदी, मनिटोवाबाट शुशिल दोरङा चयन हुनु भएको छ । निर्वाचन समितिले पुर्व अध्यक्षहरु तुल्सी सापकोटा र गोपी कृष्ण काफ्लेलाई आईसिसी सदस्यमा मनोनित गरेको छ । कार्यक्रम अमेरिकाका नेपालीहरूसमेत सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै क्यानडाका लागि नेपालका राजदूत भृगु ढुङानाले मुलुकमा अब आर्थिक विकास गर्न आवश्यक भएको बताउनु भएको थियो । उहाँले त्यसका लागि एनआरएनएहरुले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली संस्कृति झल्काउने कलाहरू पनि प्रस्तुत गरिएका थिए। साधारणसभाले यसअघीको कार्यकाल आर्थिक तथा सामाजिक प्रतिबेदनहरु छुट्पुट बिबादका बिच पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू