अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

उत्तरी अफगानिस्तानमा बम बिस्फोट, ९ को मृत्यु

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:२५ मा प्रकाशित

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल रजाक क्वादिरीले बाल्ख प्रान्तको दलत अबाद जिल्लामा मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा नौ जना निर्दोष व्यक्ति मारिएको जानकारी दिनुभयो ।

मृतक र घाइतेलाई स्थानीय जिल्ला अस्पतालमा लगिएको छ । घटनामा केही व्यक्ति गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने पनि रजाकले बताउनुभयो । आक्रमणमा तालिबान समूह जिम्मेवार रहेको उहाँले दाबी गर्नुभएको छ । तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बिस्फोटबाट सामान्यतया सर्वसाधारणको मृत्यु बढी हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू